काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सकियो, बहस सुरु

नेपालखोज २०८१ पुष २८ गते १५:४९

काठमाडाैं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेको बयान सकिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सकिएको हो । लामिछानेको बयान सकिएसँगै वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले उनको पक्षमा बहस सुरु गरेका हुन् ।

लामिछानेको पक्षमा बहस सकिएपछि सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडान्द्रराज कटवालसहित १० जनाले बहस गर्ने तयारी रहेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए । गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट रिहा भएका थिए ।

प्रतिक्रिया