यादवको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

नेपालखोज २०८१ पुष २८ गते २१:१५

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक जीवछीदेवी यादवकी आमाको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ ।

मधेश प्रदेशसभा सदस्यसमेत रहेकी जीवछीदेवीकी आमा पवीत्रीदेवी यादवको ६७ वर्षको उमेरमा निधन भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी यादवको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

स्व यादवले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ । रासस

प्रतिक्रिया