संघीय संसद्अन्तर्गत पाँचवटा समितिको बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा समितिको बैठक बस्दै छ । जसअनुरुप अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।
यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशिक भ्रमण सम्बन्धमा बैठकमा छलफल हुनेछ भने परराष्ट्र मन्त्रालयको आब २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्दै छ ।
यस्तै, न्याय तथा मानव समितिको बैठक बिहान साढे १० बजे बस्ने छ । विधायन व्यवस्थापन समितिको ३४औँ बैठक पनि बस्दै छ । बैठक अपरान्ह् १२ः३० बजे बस्दै छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदै छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५४औं बैठक आज बस्दैछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुँदै छ । दिनको १ बजे बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मन्त्री र सचिवलाई आमन्त्रित गरिएको छ ।

प्रतिक्रिया