रवि लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस

नेपालखोज २०८१ पुष २९ गते १०:५६

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस आज हुँदैछ । काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा आइतबार सरकारी वकिलले बहस नगरेपछि प्रहरी हिरासतमै बसेका रास्वपाका सभापति लामिछानेको आज थुनछेक बहस हुन लागेको हो ।

रविको बयान समयमै सकिए पनि सरकारी वकिलले बयान अध्ययनका लागि भन्दै समय मागेपछि आइतबार थुनछेक बहस शुरू हुन सकेको थिएन ।

त्यसपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएका थिए ।

लामिछानेकाे थुनछेक बहस आज न्यायाधीश अधिकारीकै इजलासमा हुनेछ । त्यसपछि उनलाई धरौटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ ।

यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

प्रतिक्रिया