माओवादी पदाधिकारी बैठक माघ २ गते बस्ने
नेपालखोज
२०८१ पुष २९ गते १३:२२

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबारका लागि बाेलाइएकाे छ । सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक बुधबार बिहान ८ बजेका लागि बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
‘आज अध्यक्ष निवास खुमलटारमा दिउँसो दुई बजे बस्ने कुरा थियो । तर, विभिन्न कारणले अब बुधबार बिहान बस्ने कुरा भएको छ,’ सचिव पौडेलले भने ।
सचिव पौडेलका अनुसार बैठकमा पार्टीका नेताको कार्यविभाजनबारे छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया