काठमाडौं जिल्ला अदालतमा रविकाे तर्फबाट थुनछेक बहस सुरु
नेपालखोज
२०८१ माघ २ गते ११:४३

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट थुनछेक बहस सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतमा रास्वपाका सभापति रविकाे तर्फबाट थुनछेक बहस सुरु भएको हाे । रविकाे तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले थुनछेक बहस सुरु गरिरहेका छन् ।
बुधबार थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएकाे हाे । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए ।
सम्बन्धित

प्रतिक्रिया