शनिबार, माघ २६, २०८१

नेशनल लाईफले ल्यायो बाल अमृत-४ सावधिक बीमालेख 

नेपालखोज २०८१ माघ २ गते १६:४४

काठमाडाैँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताको राय सुझाव र मागलाई मध्य नजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत-४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।

Advertisement

जुम मिटिङ मार्फत जोडिएका कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारी, वरिष्ठ अभिकर्ताका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुख सम्मिलित एक समारोहका बिच प्रमुख कार्यकारी अधिकृतले यस बीमालेखको समुद्घाटन गर्दै विगतमा पनि अभिकर्ता तथा सीमित वर्गले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढि परिष्कृति गरी बाल अमृत सावधिक बीमालेख-४ योजना प्रस्तुत गरेको बताए । यो योजना सुरु गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बाल बच्चाको सुमधुर भविष्यसँग सम्बन्धित यो योजना कम्पनीकै एक अव्वल योजना रहेको उनको भनाई थियो ।  

यस बीमालेख योजनाका विशेषताका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रस्ट्याउँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना ९३०० दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्ष सम्म रहने प्रावधान रहेको छ ।

यस बीमालेखमा प्रस्तावकको रूपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाख सम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र बार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।

यसैगरी यस बीमालेख योजनामा अधिकतम बिमा समाप्ति उमेर ७० वर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगायतका अन्य सुविध पनि यस बीमालेखमा रहेको बताए । 

यस बीमालेखलाई प्रवर्द्धन गर्ने उद्देश्यले सीमित तथा अभिकर्ताका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको  बताउनु भयो  साथै वहाँले सम्पुण अभिकर्ता, सीमित र कम्पनीका शुभेच्छुकले कम्पनीको मोबाइल एप्स, वेब साइट र  नेपालभर रहेको जुन सुकै शाखा कार्यालयमा गएर पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताए । 

प्रतिक्रिया