६० लाख धरौटी बुझाएर छुटे रबि
नेपालखोज
२०८१ माघ २ गते १९:५४

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै धरौटी बुझाएर उनी थुनामुक्त भएका हुन् ।
आज भएकाे थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया