सोमबार, माघ २८, २०८१

सातामा २२ अर्ब ४० करोड ७४ लाख रुपैंयाँको शेयर किनबेच

नेपालखोज २०८१ माघ ४ गते १४:२७

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार पाँच सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ३६ दशमलव ६२ बिन्दुमा कायम भएको छ ।

Advertisement

धितोपत्र बजारमा यो साता तीन सय २२ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ४४ हजार नौं सय पटकको कारोबारमा चार करोड ४३ लाख ८७ हजार तीन सय ३८ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २२ अर्ब ४० करोड ७४ लाख आठ हजार दुई सय ३६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै आठ अर्ब रुपैंयाँले कम हो ।

धितोपत्र बजारमा गत साता तीन सय २७ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ४८ हजार सात सय ६२ पटकको कारोबारमा छ करोड ८१ लाख ५५ हजार सात सय २१ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ३० अर्ब २६ करोड ३६ लाख ४१ हजार चार सय ९० रुपैयाँ पुगेको थियो ।

यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो र पाँचौं दिन घटेको नेप्से चौंथो दिन भने बढेको थियो । तेस्रो कारोबार दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक २५ दशमलव ४१ अंकले ओरालो लागेर २६ सय नौं दशमलव ६७ बिन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५५ अंकले ओरालो लागेर चार सय ४३ दशमलव ९९ बिन्दुमा झरेको थियो ।

दोस्रो कारोबार दिन पनि नेप्से परिसुचक १५ दशमलव ५४ अंकले ओरालोे लागेर २५ सय ९४ दशमलव १३ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अंकले ओरालो लागेर चार सय ४१ दशमलव ४२ बिन्दुमा झरेको थियो ।

चौंथो कारोबार दिन भने नेप्से परिसुचक एक दशमलव ८३ अंकले उकालो लागेर २५ सय ९५ दशमलव ९६ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव ४१ अंकले ओरालो लागेर चार सय ३९ दशमलव शुन्य एक बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन भने नेप्से परिसुचक सात दशमलव ३३ अंकले ओरालो लागेर २५ सय ८८ दशमलव ६२ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३९ अंकले ओरालो लागेर चार सय ३६ दशमलव ६२ बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा सिन्धु बिकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, जानकी फाईनान्स आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, सिन्धु बिकास बैंक आदि परेका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३०१ ४६६१४ ८०२१६३१ ३९९७९०९३२३.८७
दोस्रो दिन ३२२ ६४२७८ १३८७०५७९ ६६५०८८३१०३.५४
तेस्रो दिन सार्वजनिक बिदा
चौंथो दिन २९९ ६३३७४ १०७४५४२७ ५८२४९०४१३४.७०
पाँचौं दिन २९६ ७०६३४ ११७४९७०१ ५९३३७११६७४.७४
कुल ३२२ २४४९०० ४४३८७३३८ २२४०७४०८२३६.८५
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया