सोमबार, माघ २८, २०८१

यातायात कार्यालय धनगढीद्वारा ३६ करोड राजस्व संकलन

नेपालखोज २०८१ माघ ४ गते २०:२२

कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ३६ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको पुस मसान्तसम्म विभिन्न शीर्षकबाट ३६ करोड ९९ लाख ९१ हजार ६९५ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

Advertisement

यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार पालीले कार्यालयले सवारीसाधन करबाट सबैभन्दा बढी २७ करोड ६६ लाख ४४ हजार ४७० रुपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट पाँच हजार ४०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट आठ करोड ७४ लाख १९ हजार ९९५ रुपैयाँ, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको)बाट ५१ लाख २५ हजार ३० रुपैयाँ र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट सात लाख ९६ हजार आठ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालु आवमा कार्यालयको बेरुजु रकम हालसम्म शून्य रहेको कार्यालयका प्रमुख पालीले बताए । कार्यलयले गत आवमा विभिन्न राजस्व शीर्षकबाट ६५ करोड ३१ लाख ६३ हजार ९६ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने बेरुजु रकम एक लाख १९ हजार १०० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया