पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित

नेपालखोज २०८१ माघ ६ गते ११:५०

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । आइतबार जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा छविलालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । आजको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा रहेको छ ।

प्रतिक्रिया