ठमेलमा मनाइयो चिनियाँ नयाँ वर्ष

काठमाडाैं । चिनियाँ नयाँ वर्षका अवसरमा काठमाडौंको ठमेलमा चिनिया सांस्कृतिक कार्यक्रमका साथै र्यालीको आयोजना गरिएको छ ।
कार्यक्रममा उपसभामुख इन्दिरा राणासहित चिनियाँ दूतावासका राजदूत छेन सोङ लगाएतको उपस्थीतिमा चिनियाँ र नेपाली कलाकारको सहभागीतामा ठमेलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
समारोहमा ड्रायगन नाच, किलिङ नचा, लायन्स नाच प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रमपछि ठमेलमा सांस्कृतिक परेडको समेत आयोजना गरिएको थियो ।
आगामी फागुन ८ गतेसम्म मनाइने नयाँ वर्ष सांस्कृतिक महोत्सवको एक महिने कार्यक्रम समेत तय गरिएको छ । चिनियाँ नयाँ वर्षका अवसरमा माघ ९ देखि फागुन ८ गतेसम्म ठमेलमा बत्ति बाल्ने कार्यक्रम छ ।
त्यसैगरी माघ १३ गतेदेखि फागुन १२ सम्म रत्नपार्कमा लाल्टिन महोत्सव राखिएको छ । माघ २४ र फागुन २ गते नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रम गरिँदै छ भने र फागुन ८ गते पोखराको नगरसभा हलमा चीन-नेपाल अन्तर्राष्ट्रिय महोत्सव गरिँदै छ ।

प्रतिक्रिया