तराईका धेरै भू-भागमा हुस्सु र कुहिरो

नेपालखोज २०८१ माघ ८ गते ७:११

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युन चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले जनाएकाे छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

प्रतिक्रिया