सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८१ माघ ८ गते १०:४६

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित
प्रतिक्रिया