चारवटा संसदीय समितिको बैठक बस्ने, यस्ता छन् कार्यसूची
नेपालखोज
२०८१ माघ ९ गते ८:४७

काठमाडौं । चार वटा संसदीय समितिको बैठक बस्दै छ ।
आज बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया