शनिबार, वैशाख १३, २०८२

शेयर बजारमा हरियाली, एकै दिन नौँ अर्ब २० करोडको कारोबार

नेपालखोज २०८१ माघ ९ गते १५:३९

काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार कारोबार भएका मध्ये सबै समुहहरुको सुुचक बढेर नेप्सेमा हरियाली देखिएको हो ।

नेप्से आज ५२ दशमलव ३६ अंकले बढेर २६ सय ६५ दशमलव ४५ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६५ अंकले बढेर चार सय ४८ दशमलव ८० अंकमा चढेको छ । तीन सय २२ वटा कम्पनीहरुको ९० हजार छ सय ९६ पटकको कारोबारमा एक करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम नौं अर्ब २० करोड ३० लाख ८८ हजार तीन सय ४९ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव ८२ अंकले बढेर १३ सय ५९ दशमलव १५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ७७ दशमलव ६९ अंकले बढेर तीन हजार सात सय २७ दशमलव १९ अंकमा चढेको छ ।

जीवन बीमा समुहको सुचक दुई सय ४३ दशमलव २५ अंकले बढेर १३ हजार ७६ दशमलव ६६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय २७ दशमलव ९८ अंकले बढेर १२ हजार आठ सय ८३ दशमलव ८९ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंंकले बढेका छन् ।

नेप्सेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा बाराही हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया