पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमारविरुद्ध ठगी मुद्दा दर्ता

नेपालखोज २०८१ माघ ९ गते १८:३३

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । जिल्ला अदालत मोरङमा पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमारविरुद्ध ठगी मुद्दा दर्ता भएको हाे ।

बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता, सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता गरेकाे हाे ।

गत पुस २५ गते पक्राउ परेका पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

पोखरेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवनाको माग दाबी छ ।

बिहीबार पोखरेलको बयान हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ ।

प्रतिक्रिया