रवि लामिछानेविरुद्धको मुद्दामा बहस आजपनि

नेपालखोज २०८१ माघ ११ गते ७:२१

काठमाडौं । सुप्रिम सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुँदै छ ।

लामिछानेविरुद्धको मुद्दामा आज सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्ने जनाइएकाे छ ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् ।

त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउने छन् ।

प्रतिक्रिया