रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवालाको तर्फका वकिलको बहस सुरु

नेपालखोज २०८१ माघ ११ गते १२:०२


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको थुनछेकमा जाहेरीवालाको तर्फबाट बहस सुरु भएको छ ।

जिल्ला अदालतका पाँच नम्बर न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा आज लामिछानेविरुद्ध थुनछेक बहसमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस सुरु गरेका हुन् ।

उनीहरूको बहस सकिएपछि सरकारी वकिलको सवाल जवाफ हुने छ । बिहीबार वादीका तर्फबाट ८ जना सरकारी वकिलले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका थिए ।

प्रतिक्रिया