सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ब्यास नगरपालिका–९ गजौडे बस्ने ३७ वर्षीय धर्मराज गोदारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत तनुहँको २०८० माघ २८ गतेको फैसलाले उक्त मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा पेश गरिएको छ ।
जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ
काठमाडौं महानगरपालिका–९ स्थित सेतोपुल नजिकै रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली घर भई काठमाडौं सिनामंगल बस्ने २९ वर्षीय लोक बहादुर चोहान समेत १४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ७ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ स्थित पञ्चकन्या सामुदायिक वनको चौरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा ओखलढुङ्गा धर भई काठमाडौं सुन्दरीजल बस्ने २६ वर्षीय लाल काजी सेन्चुरी समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार ७ सय ४५ रूपैयाँ र ओखर १५ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया