शनिबार, माघ २६, २०८१

भारतमा रेल दुर्घटनामा ज्यान गुमाएका ७ नेपालीको सनाखत

नेपालखोज २०८१ माघ ११ गते १५:२५

काठमाडौं । भारतमा भएको रेल दुर्घटनाबाट ज्यान गुमाएका ७ जना नेपालीको सनाखत भएको छ ।

Advertisement

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै रेल दुर्घटनाबाट ज्यान गुमाएका ७ जना नेपालीको विवरण सार्वजनिक गरेको छ । मृतकमा अछामका २, अछामका ४ र बाँकेका १ जना छन् ।

दुर्घटनामा घाइते ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र बाँकी १ को गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्रले जनाएको छ ।

मृतकहरुको शव ल्याउन र घाइतेको उपचारका लागि नयाँदिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा रहेको भारतीय दूतावाससँग समन्वय भइरहेको बताइएको छ ।

उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया