‘देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ’

नेपालखोज २०८१ माघ १२ गते १५:२४

मोरङ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताए । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनको कथन छ ।

फरक प्रसङ्गमा उनले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पार्नुभयो । साथै अर्थमन्त्रीले पुँजीगत खर्चमा सुधार भइरहेको बताए ।

प्रतिक्रिया