सुप्रिम सहकारी ठगी प्रकरण : रवि छामिछानेको तेस्रो दिनको थुनछेक बहस जारी
नेपालखोज
२०८१ माघ १३ गते १२:१७

काठमाडाैं । रुपन्देही अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तेस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।
शुक्रबार रवि पक्षका तिनजना वकिलले बहस गरेका थिए ।
बाँकी रहेको बहस आज सुरु भएको हाे । रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।
आज वरिष्ठ अधिवक्ता पशुपति भण्डारी, नारायणदत्त कँडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन् ।
सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।
रविमाथि बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेको छ ।
सम्बन्धित

प्रतिक्रिया