लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१ आँपगाछी बस्ने २७ वर्षीय दुर्गेश चौधरीलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी र सामुदायिक प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-३ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८६० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-८ बस्ने २४ वर्षीया ललिता राना र २४ वर्षीया मनिता चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से.६ प ६०४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दाङको तुल्सीपुर उपमहानगरपालिका६ घोराहीरोडबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्रामसहित सोही उपमहानगरपालिका-६ गाइडर बस्ने २१ वर्षीय सन्तोष बिकलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहाको मिर्चैया नगरपालिका-६ भगतपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने २९ वर्षीय भोला पंजियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया