अदालतले मागेको एक करोड रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

नेपालखोज २०८१ माघ १३ गते २०:५०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतले मागेको एक करोड रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् ।

यसअघि थुनछेक बहससँगै अदालतले आइतबार बेलुकी दिएको आदेशमा रिहा हुन एक करोड रुपैयाँ धरौटी मागेको थियो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।

यसअघि रविले कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख रुपैयाँ धरौटी बुझाइसकेका छन्। रुपन्देहीको समेत जोड्दा २ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया