कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
नेपालखोज
२०८१ माघ १५ गते १२:०६

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा सुरु भएको हो ।
सोमबार संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो । बैठकले संसद् बैठकको आगामी क्यालेन्डर तयार गर्ने तयारी छ ।
यही माग १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकको तयारीका लागि कार्यव्यवस्था समिति बस्न लागेको हो ।
सम्बन्धित

प्रतिक्रिया