राष्ट्र बैंकले पुन खिच्यो ३० अर्ब रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तानेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर रकम तानेको हो ।
आज अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुने अवधि २१ दिन तोकिएको उपकरणको सावाँ व्याज भुक्तानी मिती फागुन छ गते तोकिएको छ । वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री भउको हो ।
राष्ट्र बैंकका अनुसार खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको थियो ।
यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने जानकारी राष्ट्र बैंकले दिएको छ ।
प्रतिक्रिया