ओखलढुङ्गा सुमो दुर्घटना : अमाछोरासहित ३ जनाको मृत्यु

नेपालखोज २०८१ माघ १७ गते १२:३२

काठमाडाैं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो जीप दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको हाे ।

खोटाङको कोपिलासगढी गाउँपालिकाबाट उपचारका लागि बिरामी लिएर काठमाडौं आउदै गरेकाे ना १ ज ६४२१ नम्बरको सुमो दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

पूजनको खुट्टामा ब्यान्डेज भएकाले अस्पताल लैजाँदै गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

बिहान साढे ६ बजेतिर सुमो दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

चालक सुनसरीको इनरुवाका अनिल पण्डित फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया