शुक्रबार, वैशाख १२, २०८२

प्रोटन इमास ७ मा एजिस सर्ट ब्लेड ब्याट्री र ‘१२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली’

नेपालखोज २०८१ माघ १७ गते १३:५३

काठमाडौं । जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने तयारी गरेको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो । प्रोटन इमास ७ प्राइम र प्रिमियम गरी दुई भेरीयन्टमा उपलब्ध रहेका छन् ।

प्रोटन इमास ७ मा एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । एजिस सर्ट ब्लेड ब्याट्री एक प्रकारको लिथियम आइरन फोस्फेट ब्याट्री हो, जसलाई गीली अटोमोबाइलद्वारा आविष्कार गरिएको हो ।

यस प्रकारका ब्याट्री छिटो चार्ज गर्न र परम्परागत ब्लेड ब्याट्रीको तुलनामा उच्च प्रदर्शन गर्दछ । उच्च सुरक्षा र लामो आयु यस प्रकारक ब्याट्रीको अर्को विशेषता हो भने यी ब्याट्रीले अत्यधिक चिसोमा पनि आफ्नो उच्च क्षमता कायम राख्छ ।

प्रोटन इमास ७ को प्राइममा ४९.५२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ भने प्रोटन इमास ७ प्रिमियममा ६०.२२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ ।

त्यस्तै प्रोटन इमास ७ को अर्को विशेषता ’१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ हो । ’१२–इन-१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ ले विद्युतीय सवारी साधनको एकीकृत पावर ट्रेनलाई जनाउँछ जसमा, मोटर, पावर इलेकट्रोनिक्स, नियन्त्रण एकाइसहित कुलिङ सिस्टम जस्ता विभिन्न उप-प्रणालीको लागि धेरै कम्पोनेन्ट प्रयोग गर्नुको सट्टा, तिनीहरूलाई एउटै कम्पोनेन्टमा ल्याइन्छ जसले समग्र जटिलतालाई उल्लेखनीय रूपमा कम गर्छ ।

साथै धेरै कम्पोनेन्टबीच न्यूनतम ऊर्जा हानिलाई कम गर्दै यसको परफरमेन्सलाई बढाउँछ । १२-इन-१ इलेक्ट्रिक ड्राइभ प्रणालीका प्रमुख फिचर्समा विद्युतीय मोटर, पावर कन्टर, ब्याट्री व्यवस्थापन प्रणाली, अन बोर्ड चार्जरहित धेरै नियन्त्रण एकाइ यस प्रणालीमा एक एकाइमा एकीकृत गरिएको हुन्छ ।

शङ्कर ग्रुपको टु ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको बुझिएको छ ।    

प्रतिक्रिया