आइतबार, वैशाख १४, २०८२

त्रिकोणात्मक महिला टी-२० आई शृंखला : नेदरल्याण्ड्ससँग नेपाल २० रनले पराजित

नेपालखोज २०८१ माघ १७ गते १५:४८

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० आई श्रृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल पराजित भएकाे छ ।

नेदरल्याण्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन् । ४५ बलको सामना गरेकी सिताले ३ चौका प्रहार गरिन् । त्यस्तै कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाइन् ।

नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २-२ विकेट लिए । आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १-१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

प्रतिक्रिया