‘देश विकास सरकारको प्रमुख लक्ष्य’

नेपालखोज २०८१ माघ १९ गते ११:५७

ढोरपाटन (बागलुङ) संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताएका छन् ।

आज बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताए ।

वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्दै उनले पर्यटनको विकासबाट देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन सकिने बताए ।

पृथक प्रसङ्गमा उनले सत्ता साझेदार दलबीच कुनै समस्या नभएको तथा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको बताए ।

प्रतिक्रिया