ठमेलमा आगलागी, ६५ लाखको क्षति
नेपालखोज
२०८१ माघ १९ गते १६:५२

काठमाडौं । स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा ६५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौं महानगरपालिका-२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया