यातायात कार्यालय जुम्लाद्वारा छ महिनामा ६७ लाख राजस्व संकलन

नेपालखोज २०८१ माघ २० गते १०:२३

काठमाडाैं । जुम्लाकाे यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ६७ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले रु ६७ लाख ४४ हजार राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिP ।

निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको छ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १० लाख ४२ हजार रूपैयाँ, चालक अनुमतिपत्र (लाइसेन्स), सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर ३० लाख ३५ हजार रूपैयाँ र सवारी साधनकरतर्फ २६ लाख ६६ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, चालु आवको सो अवधिमा पुस मसान्तसम्म ११३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार २३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

प्रतिक्रिया