एपीएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि
नेपालखोज
२०८१ माघ २० गते १४:१४

काठमाडाैं । पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि आयोजक टोली टाइगर ग्रुपले जितेको छ ।
पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३-२ को सेटमा पराजित गर्दै आयोजक टोलीले पहिलो पटक महिलातर्फको उपाधि जितेको हाे ।
पहिलो सेट १७-२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पारेको थियो । पुन: तेस्रो सेट २१-२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५-१६ ले जित निकाल्दा खेल पाँचौँ सेट धकेलिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया