६९ अंकले बढ्याे नेप्से, १२ अर्ब ९५ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से पुरै हरियो भएको छ । साताको पहिलो दिन आइतबार नेप्से ६९.८० अंकले बढेर २ हजार ७२७.५८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स १३.६४ अंकले बढेर ४५८.३७ अंकमा पुग्न सफल भएको छ ।
३३० कम्पनीको एक लाख ३० हजार ९१३ पटकको कारोबारमा दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच भएका छन् । आज कुल कारोबार रकम १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ समूहको शेयर कारोबार हुँदा सबै समूहको सुचक बढेर शेयर बजार पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ३३.७५ अंकले बढेर १ हजार ३६७.९७ अंकमा पुग्दा जलबिद्युत समूहको सूचक ५३.६७ अंकले बढेर तीन हजार ८४९.२३ अंकमा चढेको छ ।
जिवन बिमा समूहको सूचक ३१२.६५ अंकले बढेर १३ हजार १७२.४४ अंंकमा पुग्दा निर्जीवन बीमा समूहको सूचक ४७०.४३ अंकले बढेर १३ हजार एक सय २२.८४ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी बिकास बैंक, फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज उन्नती सहकार्य लघुवित्त वित्तीय संंस्थाले सबैभन्दा बढी कमाउँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया