आजको प्रमुख हेडलाईन

नेपालखोज २०८१ माघ २० गते १८:४३

– ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ विश्व सिमसार दिवस मनाइँयो ।
– सभापति शेर बहादुर देउवाद्धारा नेपाली कांग्रेस पार्टीको पोखरा महानगरको तेस्रो महानगर सम्मेलनको उद्घाटन ।
– प्रदेश इञ्चार्ज फेरबदलको तयारीमा माओवादी, पूर्वविद्यार्थी नेताको जिम्मेवारी बाँडफाँड गरिँदै ।
– आज नेप्से परिसूचक ६९ दशमलव ८० अङ्कले बढेर २७२७ दशमलव ५८ को बिन्दुमा ।
– नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को प्रथम महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुने ।
– राष्ट्रियसभा बैठकमै बेहोस भए नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट ।
– कञ्चनपुरमा काँग्रेस नगर सभापति अच्युत कलौनीको रहस्यमय मृत्यु ।
– सर्लाही जिल्लाका नागरिक समाजका प्रतिनिधिहरूबाट विवाहको उमेर हद २० वर्ष कायम राख्न अपिल ।
– कोदारीको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएपछि हेलिकप्टरबाट पानी हालेर निभाईदै ।
– भारतीय बजेटमा नेपाललाई सवा ११ अर्ब अनुदानको ब्यबस्था ।
– तयारी अपुग भएका कारण पर सर्‍यो एकीकृत समाजवादीको बैठक ।
– नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवालाई छुट्याउने विधेयक संसदमा दर्ता ।
– सहकारीको एक अर्ब ठगीको आरोपमा म्याग्दी जिसस प्रमुख राजकुमार थापा पक्राउ ।
– उमागौरी सहकारीका अध्यक्षलाई थुनामा पठाउन आदेश ।
– जसपा नेपालको कार्यकारिणी समितिको दुईदिनदेखि जारी बैठक आज सम्पन्न ।
– पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षले आह्वान गरेको बन्दको सामान्य प्रभाव ।
– झापामा नो केबलकार समूह र प्रहरीबीच झडप, दमक र धरानमा १० जना बन्दकर्ता प्रहरी नियन्त्रणमा ।
– सरकारसँग सहमति गरेर घर फर्किएका स्वर्गद्वारी गुठीका मोही किसान पुनः आन्दोलनमा उत्रिए ।
– माओवादीले कचनकबलबाट ६ महिने अभियान सुरु गर्ने , सगरमाथाको फेदीमा पुगेर अभियान समापन गर्ने तयारी ।
– न्यायाधीशलाई ‘झोले न्यायाधीश’ भन्ने प्रभु शाहविरुद्ध अवहेलना मुद्दा दर्ता ।
– कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर आज विहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु ।
– भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित विराटनगरमा एक जना पक्राउ ।
– रौतहटको चन्द्रपुर नगर क्षेत्रमा चौथो चन्द्रपुर महोत्सव ( २०८१ हुने ।
– जलेश्वर कारागारमा रहेका एकजना कैदीको उपचारका क्रममा मृत्यु ।
– रौतहट ईशनाथ नगरपालिकामा स्रोत नखुलेको करिव साढे १६ लाख रकम सहित दुई जना पक्राउ ।
– आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ ।
– कुकुरको टोकाइबाट झापा कनकाईमा एक बालकको मृत्यु ।
– साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली ९पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर राना० सहित १५ जनाको मृत्यु ।
– नेको इन्सुरेन्स डिमिटेडले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने ।
– अझै २८ लाख लाइसेन्स छाप्न बाँकी, प्रिन्ट गर्न नयाँ मेसिन किनिने ।
– झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु ।
– महोत्तरीमा एक महिलाको हत्या ।
– मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु ।
– काठमाडौं महानगरपालिका(१६ बालाजु बाइपासस्थित प्राइम बैंकको पार्किङमा अन्दाजी २५र२६ वर्षका युवक मृत फेला ।
– लुम्बिनी प्रदेश स्थापना दिवस उत्सवका रुपमा मनाइँदै, सोमवार सार्वजनिक विदा ।
– तनहुँमा भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु ।
– अछाम र बाजुरामा फैलिएको अज्ञात रोगले २३१ भेडाबाख्रा मरे भने ३३२ तुहिए ।
– नेपालगन्ज उपमहानगरपालिका –११ स्थित सडकमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु ।
– राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा ।
– एक भारतीय अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा १० भारतीय तथा १५ जना नेपाली पक्राउ ।
– नेकपा एमालेले अछामका पाँच जना नेता पार्टीबाट निष्कासन ।
– माघ २४ गतेदेखि क्यान इन्फोटेक ।
– गोर्खा भूतपूर्व सैनिक संगठनले आन्दोलनलाई निरन्तरता दिने ।
– वानीरा फाउन्डेशनले तीन स्रष्टालाई सम्मान गर्ने ।
– चलचित्र परालको आगोमा चामेको भूमिकामा अभिनेता खगेन्द्र लामिछाने र गौँथलीको भूमिकामा अभिनेत्री सुहाना थापाले काम गर्ने ।
– अभिनेत्री अरुणिमाको दोस्रो वैवाहिक सम्बन्धमा पनि दरार, सञ्जालबाट हटाइन् श्रीमान्‌‌सँगका सबै तस्बिर ।
– सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म ुपिआरः पर्मानेन्ट रेसिडेन्टु को दुई पोस्टर सार्वजनिक ।
– सशस्त्र प्रहरी बल ९एपिएफ० लाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जित्यो ।
– त्रिकोणात्मक टी(२० सिरिजमा नेपाल लगातार तेस्रो खेलमा पराजित, नेदरल्यान्ड्स १५ रनले विजयी ।

स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु
गुठीपीडितहरुको धर्ना
माइतिघर मण्डलास्थित आइतबार स्वर्गद्वारी गुठी पीडितहरु मोही किसान सङ्घर्ष समितिका सबै पीडितसहित धर्ना दिदै।
तस्बिर : गोपाल दाहाल र रासस

प्रतिक्रिया