बितेका २४ घन्टा

नेपालखोज २०८१ माघ २१ गते ७:०९

-सार्वजनिक सेवा लिन बाधा नपुग्ने गरी राष्ट्रिय परिचयपत्र लागू गर्न सर्वोच्चको परमादेश ।
-कांग्रेस कञ्चनपुरका युवा नेता अच्यूतराज कलौनीको महाकाली नदीमा अन्त्येष्टि ।
-पाथीभरा केवलकार निर्माण विवाद समाधान गर्न सरकारद्वारा वार्ता टोली गठन

-देशभरका इन्टरनेटमा समस्या, सेवाग्राहीलाई सास्ती , केही समयपछि सेवा सुचारु ।
-पाथीभरा याङवरका गाउँपालिका–१ नाङखोल्याङका ४० वर्षीय बृखराज राई भरुवा बन्दुकसहित प्रहरी नियन्त्रणमा ।
-कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला ।
-सीटीईभीटीका उपाध्यक्ष ओमप्रसाद बराल पदमुक्त, नियुक्ति बदर गर्न सर्वोच्चको आदेश ।
-आयोजक धरान फुटबल क्लब २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको क्वार्टरफाइनलबाट बाहिरियो , सडनडेथमा युनाइटेड कर्साङ (भारत) सँग पराजित ।
-३ किलो भन्दा बढी अफिमसहित एक जना पक्राउ ।
-धनुषामा २५ किलो गाँजा बरामद, दुई जना फरार ।
-तनहुँमा टिप्परले कार र स्कुटरलाई ठक्कर दियो, एक जनाको मृत्यु ।
८ समानान्तर दुई कार्यसमिति रहेको नेपाल रेडक्रस तीन महिनाभित्र विवाद समाधान नभए निलम्बनमा पर्ने ।
-लुम्बिनी सेरामिक्सले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट ।
-४३ वटा हाइड्रोले आईपीओ निष्काशन अनुमति तत्काल नपाउने, नियमावली संशोधन हुँदै ।
-जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठक आज सोमबार फेरि बस्नेगरी सकियो ।
-ललितपुरको छपेलीदेखि माझखण्डसम्म केबलकार सञ्चालन गरिने ।
-ललितपुर महानगरद्वारा १२ फुटबल क्लबलाई प्रोत्साहन पुरस्कार ।
-विमानस्थल निजी क्षेत्रलाई भाडामा दिने प्रस्ताव, व्यक्तिले पनि जहाज राख्न पाउने ।
-न्यायपरिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम सर्वसम्मतले अनुमोदन ।
-वैदेशिक रोजगारीमा युके (बेलायत) पठाउने भन्दै साढे ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ ।
-मानव तस्करले रुसी सेनामा भर्ती गराएका १२४ नेपाली युवा एक वर्षदेखि सम्पर्क बिहिन ।
-बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु ।
-अर्जुन ट्रफी क्रिकेटमा धनगढीको पहिलो जित ।
-सभापति शेर बहादुर देउवाद्धारा नेपाली कांग्रेस पार्टीको पोखरा महानगरको तेस्रो महानगर सम्मेलनको उद्घाटन ।
-प्रदेश इञ्चार्ज फेरबदलको तयारीमा माओवादी, पूर्वविद्यार्थी नेताको जिम्मेवारी बाँडफाँड गरिँदै ।
-विद्युतीय व्यापारसम्बन्धी विधेयक उद्योग समितिबाट पारित ।
-नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को प्रथम महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुने ।
-प्रभु साहको मुद्दामा कारण देखाउ आदेश जारी ।
-कोदारीको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएपछि हेलिकप्टरबाट पानी हालेर निभाईदै ।
-भारतीय बजेटमा नेपाललाई सवा ११ अर्ब अनुदानको ब्यबस्था ।
-तयारी अपुग भएका कारण पर सर्‍यो एकीकृत समाजवादीको बैठक ।
-नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवालाई छुट्याउने विधेयक संसदमा दर्ता ।
-सहकारीको एक अर्ब ठगीको आरोपमा म्याग्दी जिसस प्रमुख राजकुमार थापा पक्राउ ।
-उमागौरी सहकारीका अध्यक्षलाई थुनामा पठाउन आदेश ।
-झापामा नो केबलकार समूह र प्रहरीबीच झडप, दमक र धरानमा १० जना बन्दकर्ता प्रहरी नियन्त्रणमा ।
-सरकारसँग सहमति गरेर घर फर्किएका स्वर्गद्वारी गुठीका मोही किसान पुनः आन्दोलनमा उत्रिए ।
-माओवादीले कचनकबलबाट ६ महिने अभियान सुरु गर्ने , सगरमाथाको फेदीमा पुगेर अभियान समापन गर्ने तयारी ।
-भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित विराटनगरमा एक जना पक्राउ ।
-रौतहटको चन्द्रपुर नगर क्षेत्रमा चौथो चन्द्रपुर महोत्सव-२०८१ हुने ।
-आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ ।
-साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली (पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर राना) सहित १५ जनाको मृत्यु ।
-नेको इन्सुरेन्स डिमिटेडले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने ।
-अझै २८ लाख लाइसेन्स छाप्न बाँकी, प्रिन्ट गर्न नयाँ मेसिन किनिने ।
-लुम्बिनी प्रदेश स्थापना दिवस उत्सवका रुपमा मनाइँदै, आज सोमवार सार्वजनिक विदा ।
-राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा ।
-एक भारतीय अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा १० भारतीय तथा १५ जना नेपाली पक्राउ ।
-नेकपा एमालेबाट अछामका पाँच जना नेता पार्टीबाट निष्कासन ।
-माघ २४ गतेदेखि क्यान इन्फोटेक ।
-गोर्खा भूतपूर्व सैनिक संगठनले आन्दोलनलाई निरन्तरता दिने ।
-चलचित्र परालको आगोमा चामेको भूमिकामा अभिनेता खगेन्द्र लामिछाने र गौँथलीको भूमिकामा अभिनेत्री सुहाना थापाले काम गर्ने ।
-सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म ुपिआरः पर्मानेन्ट रेसिडेन्टु को दुई पोस्टर सार्वजनिक ।
-सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जित्यो ।
-पुलिसले उचाल्यो टाइगर कप भलिबलको पुरुषतर्फको उपाधि ।
-त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल लगातार तेस्रो खेलमा पराजित, नेदरल्यान्ड्स १५ रनले विजयी ।

स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु
सरस्वतीको मूर्ति
सप्तरीको राजविराजमा सरस्वती पूजालाई लक्षित गरी बिक्रीका लागि राखिएको विद्याकी देवी सरस्वतीको मूर्ति ।
तस्बिर : अरुणकुमार यादव र रासस

प्रतिक्रिया