शुक्रबार, माघ २५, २०८१

कुमारी बैंकको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०८१ माघ २१ गते २०:२३

काठमाडौं । कुमारी बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले सोमबारका दिन काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

Advertisement

सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८०/८१ असार मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८१/८२ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ ।

बैंकले हाल देशभर ३०२ वटा शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाई संचालनमा रहेका छन् । बैंकले आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया