बितेका २४ घन्टा

– तिमाङको जङ्गलमा लागेको आगो अझै निभेन ।
– काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत ।
– अब नेपालमा १८ थरीका सवारी लाइसेन्स बितरण हुने ।
– सुरी भीरमा ओखलढुङ्गाकै पहिलो ‘रक क्लाइम्बिङ’ ।
– अब भन्सार ऐनमा रहेको एक्जिम कोड लिनुपर्ने प्रावधान र निकासी–पैठारी सम्बन्धी पुरानो ऐनका प्रावधान एउटै ऐनभित्र ।
– हिमाल आरोहणमा खटिने कामदारको ज्याला बढ्यो ।
– विभिन्न स्थानबाट १६ जना अवैध लागुऔषधसहित पक्राउ ।
– उदयपुर सिमेन्टको बैङ्क खाता रोक्का, उद्योग ठप्प ।
– मोरङको उर्लाबारीमा पसल फोडेर ३ करोडभन्दा बढीको मोबाइल चोरी ।
– भुटानको आरटीसी फुटबल क्लब २५औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा , तेस्रो क्वार्टरफाइनलमा इटहरीको राष्टिय जागृती क्लब ४(१ ले पराजित ।
– रंग र वेशभूषाका आधारमा विभेद गरे जेल सजायको प्रस्ताव गर्दै सिके राउतले दर्ता गराए विधेयक ।
– नुवाकोटका युवक यूएईमा कार्यरत कम्पनीमा मृत फेला ।
– वकिलहरूको कार्यव्यस्तताका कारण आज मंगलबार मात्र रविसहित १४ जना बिरुद्धको सहकारि रकम अपचलनको मुद्दा चितवनमा दर्ता हुने ।
– सुरेन्द पौडेलको निर्देशनमा ‘वरिष्ठ बलराम’ बन्ने , फागुनदेखि छायांकन ।
– दयाहाङ र आँचल स्टारर ‘दुखी आत्मा’को रोमान्टिक ट्रेलर सार्वजनिक ।
– माओवादीले फागुन ९ गते स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला गर्ने ।
– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०को सहयोगमा पोखरामा अटो शो हुने ।
– पाथीभरा केबुलकारको विरोधमा आन्दोलनरत पक्षद्वारा वार्ता टोली गठन ।
– लुम्बिनी सेरामिक्स लिमिटेडबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने घोषणा ।
– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागिआयोजित अभिमुखीकरण कार्यक्रम सुरु ।
– पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दका कारण सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित , केबलकार निर्माण खारेजीको माग गर्दै काठमाडौंमा धर्ना ।
– लुम्बिनी प्रदेशले आफ्नो स्थापना दिवस मनायो ।
– क्रान्तिकारीबाट बाहिरिएका पदाधिकारीलाई पार्टीको बैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिस ।
– प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिक नेकपा माओवादी केन्द्रमा प्रवेश ।
– सुदूरपश्चिम सरकारले कृषि तथा पशुपन्छी मेला आयोजित गर्ने ।
– आदिवासी जनजाति आयोगको वार्षिकोत्सव सम्पन्न ।
– एक महिनादेखि ग्वार्कोमा फ्लाइओभरको निर्माण सुस्त ।
– गण्डकी प्रदेश सरकारबाट प्रदेश स्थापनाका अवसरमा मङ्गलवार सार्वजनिक बिदाको घोषणा ।
– सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा सूचीकृत हुन सरकारको पुनस् आग्रह ।
– काठमाडौंका विभिन्न स्थानमा आठ दिन विद्युत् अवरुद्ध हुने ।
– वर्ल्डलिंक कम्युनिकेसन्सले काठमाडौंको चन्द्रागिरि नजिक देशको सबैभन्दा ठुलो डेटा सेन्टर तयार गर्यो , ४ महिना भित्र संचालनमा आउने ।
– मंगलबार गण्डकीदेखि पश्चिमका भेगमा हल्का वर्षा र हिमपातको सम्भावना ।
– दामोदर खड्का न्याय परिषद् सदस्यमा नियुक्त ।
– आवासीय चिकित्सकहरूबाट काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा ।
– नारायणगढ बुटवल पूर्वीखण्डको १८ स्थानमा कालोपत्र सुरू ।
– साउदी अरेबिया नेपालसँग द्विपक्षीय श्रम सम्झौताका लागि तयार ।
– नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० को केन्द्रीय कमिटी बैठक फागुन ८ र ९ गते काठमाडौंमा ।
– करिब दुई महिनाको अवधिमा ९ वटा नयाँ विधेयक सङ्घीय संसद्मा दर्ता ।
– अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गुल्मीस्थित देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध मुद्दा दायर ।
– मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य वृद्धि , ठूलो अण्डा ४ सय, मध्यम ३ सय ८५ र एक्स–एल अण्डा ४ सय १५ रूपैयाँ प्रती क्यारेट पर्ने ।
– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि फागुन २ गते ३० औं र ३१ औं साधारणसभा ।
– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि ४ सम्म आयोजना हुनेगरी पछाडि सर्यो ।
– नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोक्यो ।
– गैरकानुनी रूपमा प्रवेश गर्ने दुई नेपाली बेलायतबाट निष्कासित ।
– युवराज कार्कीको निर्देशनमा ुमनको बाँधु को घोषणा ।
– ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ ९एनसिआईएफएफ०को छैटौँ संस्करण सम्पन्न ।
– ‘घरज्वाइँ’ निर्माण टिमले नयाँ फिल्म ‘मितज्यू’ बनाउने ।
– अभिनेता विजय बरालको मुख्य अभिनय रहने फिल्म ‘जनै हराएको बाहुन’ को छायांकन आगामी चैतबाट ।
– चलचित्र हरिबहादुरको जुत्ताको शुभ मुहूर्त सम्पन्न ।
– नेपाल टी-२० सिरिजमा नेदरल्यान्ड्स बिरुद्ध थाइल्यान्डको अर्को जित ।
– यु-१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो पनि ।
स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु
गैँडा स्थानान्तरण
नवलपुरको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनबाट सोमबार गैँडालाई बेहोस पारी स्थानान्तरणको तयारी गरिँदै । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टरबाट निकुञ्जको पूर्वी सेक्टरमा यस वर्ष चारवटा गैँडा स्थानान्तरण गर्दैछ । तस्बिर : दयाराम आचार्य र रासस

प्रतिक्रिया