बितेका २४ घन्टा

नेपालखोज २०८१ माघ २३ गते ७:०३

-देवघाटधाममा महामहोत्सव, भक्तजनको भीडले पुल चुँडिने जोखिम ।
– पाथीभरा केबलकार प्रकरणमा सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे समझदारी, केबलकार निर्माण र आन्दोलन दुवै स्थगित ।

– स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
निर्माण ।
– धनगढीमा आज बुधबारदेखि मानवसेवा आश्रमको महायज्ञ ।
– नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रत्येक २ महिनामा आफ्नो पदीय जिम्मेवारी अनुसारको प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने ।
– कांग्रेसभित्र स्थानीय तहको निर्वाचन सङ्घ तथा प्रदेशको भन्दा पछि गर्नुपर्ने माग ।
– छपेली(माझखण्ड केबलकारको शिलान्यास ।
– नेपाल चेम्बर अफ कमर्सबाट खेलकुद र खेलकुद संग सम्वन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासँग सहकार्यको सम्झौता ।
– न्याय परिषद्ले पूर्णता पाएसँगै रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने सम्भावना ।
– सत्तापक्ष र प्रतिपक्ष बिचको सहमतिपछि बागमती प्रदेश सभाको बुधबार बस्ने बैठक सञ्चालन हुने ।
– अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा ।
– राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा ।
– झापाको कनकाई नगरपालिका ( ४ मा गोली प्रहार गरी दुईजना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ ।
– काठमाडौंबाट धार्केतर्फ जाँदै गरेको गाडी दुर्घटना , एकजनाको मृत्यु, अर्का घाइते ।
– अब अनलाइनबाटै लिनसकिन्छ नेपाल टेलिकमको ई(सिम ।
– उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय ।
– मंगलबार साँझ ५ बजेर २० मिनेटमा दैलेख जिल्लाको तोलिजैसी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प ।
-जसपाले आगामी फागुन १९, २० र २१ गते काठमाडौंमा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको छ भने पार्टीले केन्द्रीय विभागमा प्रमुख र उपप्रमुख तोकेको छ ।
– पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएको ५६ लाख ४६ हजार ४ सय २९ रुपैयाँ बराबरको सामान बरामद ।
– भारतको अलवर रंग महोत्सवमा ‘त्यो फेरि फर्कला रु’ नेपाली नाटक मञ्चन ।
– नेपाल टेलिकमले टु जी सेवा बन्द गर्ने ।
– जेठ पहिलो साता काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने सरकारको निर्णय ।
– एनआरटी क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा ।
– विद्युत् प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधरणलाई दिने तयारी ।
-नेपाल प्रेस युनियनले प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने ।
– राष्ट्रपति पौडेलसँग बेलायती राजकुमार‍को भेट, जलवायु परिवर्तनबारे छलफल ।
– सरकारले आर्टिफिसियल इन्टेलिजेन्स नीतिको मस्यौदा तयार गर्यो ।
– जाजरकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते ।
– उपेन्द्रलाई सरकारमा भित्र्याउने बालुवाटारको तयारी , प्रधानमन्त्री गृहकार्यमा ।
– साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा -सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता ।
– इमेज सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाए ।
– नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्यसहित एक दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा एमालेमा फर्किए ।
– साढे ३ वर्षमा सहकारीमा ३१ अर्ब रुपैयाँ ठगी , ६०० जना पक्राउ, साढे १८०० फरार ।
– नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जीएसपी प्रमाणपत्र ।
-विधानमा भएको नीतिगत त्रुटि सच्याउन अखिल क्रान्तिकारीका ६ प्रदेश अध्यक्षको माग, कार्यक्रम बहिष्कार गर्ने चेतावनी ।
-अबदेखि बिरामीको एउटै परीक्षण अस्पतालैपिच्छे दोहोर्‍याउनु नपर्ने ।
– पाथीभरामा केबलकार परियोजनाविरुद्धको विरोधप्रति निजी क्षेत्रका तीन संगठनले गरे ध्यानाकर्षण , लगानीकर्तामा नकारात्मक सन्देश जाने जिकिर ।
– सन् १९४७ को त्रिपक्षीय सम्झौताले नेपालीलाई अन्यायमा पारेको भन्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिकले काठमाडौंमा लालटिन जुलुस निकाल्यो ।
– अनलाइन व्यापारसम्बन्धी कानून अन्तिम चरणमा( मगाएको सामानमा चित्त नबुझे उजुरी दिन पाईने ।
– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को फेक इमेल बनाएर ठगीमा संलग्न दुई जना पक्राउ ।
– हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम थालियो ।
– अब अत्यावश्यक परेकाले तत्काल स्मार्ट लाइसेन्स पाईने ।
– हेटौंडा–काठमाडौं रुटमा थपिए ३० विद्युतीय माइक्रो ।
– समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुन पहिलो साता काठमाडौंमा हुने ।
– नेपाली संगीतकर्मीको साझा थलोका रूपमा चिनिँदै आएको ‘पलेँटी’ फेरि सुरू ।
– जनकपुर साहित्य महोत्सव भोलि बिहीबारदेखि । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि जनकपुरमा ।
– तुलसी घिमिरे निर्देशित ुपहाडुको छायाङ्कन सुरू ।
– महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गते रिलिज हुने सिनेमा ‘ताण्डवम्’को पहिलो गीत रिलिज ।
– काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा सुविधा सम्पन्न काठमाडौं किक्रेट एकेडेमी स्थापना ।
– महिला टी(२०आई शृंखलामा लगातार चौथो हारसँगै नेपाल उपाधिको होडबाट बाहिर , थाइल्याण्डसँग ५ रनले पराजित।
– पोखरा रंगशालामा सुरु भयो २४औं आहारारा पोखरा गोल्डकप , उदघाटन खेलमा आयोजक सहारा क्लबलाई नेपाल पुलिस क्लबले १-० गोलले हराय‍ो ।

स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु

एचपीभी खोप अभियान कार्यक्रममा विद्यार्थी
जनस्वास्थ्य कार्यलय भक्तपुरद्वारा विश्व क्यान्सर दिवसको अवसरमा सूर्यविनायक नगरपालिका–८ स्थित गणेश माविमा आयोजित पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान शुभारम्भ कार्यक्रममा खोप लगाएपछि कार्डको साथमा विद्यार्थी । सौजन्य तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया