बुधबार, वैशाख १७, २०८२

रवि लामिछानको बयान न्यायाधीश ढकालको इजलासमा सुरु

नेपालखोज २०८१ माघ २३ गते ११:२२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ ।

साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी सभापति रविको मुद्दा (क) नम्बरमा रहेकाले सुरुमै बयान सुरु हुनेछ ।

उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुन्छ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।

रास्वपा सभापति लामिछानेसहित १५ जनाविरुद्ध मंगलबार चितवनमा मुद्दा दायर भएको थियो । १२ जनाविरुद्ध संगठित अपराध र ठगी दुवै अपराधमा मुद्दा दर्ता भए पनि रविविरुद्ध भने ठगी मुद्दा मात्र दर्ता भएको थियो ।

प्रतिक्रिया