नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित
नेपालखोज
२०८१ माघ २३ गते १५:१४

काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएकाे छ ।
कीर्तिपुर मैदानमा बुधबार जारी खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले २ बल बाँकी हुँदै बिना विकेट पूरा गर्यो ।
नेदरल्याण्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २ छक्कासहित ९८ रनको शानदार पारी खेलिन् । त्यसैगरी फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन् ।
पूजा महतोको अर्धशतकीय रन मद्दतमा नेपालले १४६ रनको लक्ष्य दिएको थियो । नेपालका लागि महतोले ६२, कप्तान इन्दु बर्माले ३९ रन बनाएका थिए । रुविना क्षेत्रीले २० रन बनाइन् ।
सम्बन्धित
प्रतिक्रिया