सुशासन र विकासका लागि अध्यादेश : सञ्चारमन्त्री गुरुङ

भक्तपुर । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा सुशासन र विकासका लागि अध्यादेश ल्याइएको बताएका छन् ।
रफत सञ्चार क्लबको १५औँ वाषिकोत्सव कार्यक्रममा आज यहाँ बोल्दै उहाँले अध्यादेश संसद् छल्नका लागि नभई छिटो कानुन निर्माणका लागि भएको स्पष्ट पारे ।
अध्यादेश संसद्बाट पारित गर्ने भएकाले संसद्लाई छल्ने कुरै नहुने उनको भनाइ थियो । उनले अहिले पनि देश २०१४ साल, २०१८ सालको कानुनले चलिरहेकाले छिटो कानुन ल्याउन अध्यादेश ल्याएको बताए । उनले प्रेस स्वतन्त्रताका नाममा छाडातन्त्र रोक्न कानुन ल्याउनुपरेको उल्लेख गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद दुर्लभ थापाले देशलाई आवश्यकता परेकाबेला सरकारले संवैधानिक व्यवस्थाअनुरुप अध्यादेश जारी गर्ने गरेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउनाले संसद्को अधिकार सङ्कुचन हुनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए । रासस
प्रतिक्रिया