बितेका २४ घन्टा

नेपालखोज २०८१ माघ २४ गते ७:०३

– आज बिहीबारको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृतका लागि प्रस्तुत गरिने ।

– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई (मधेस द्रुतमार्गको हालसम्मको प्रगति तथा विद्यमान समस्या र समाधानको उपायका सम्बन्धमा ब्रिफिङ लिए ।
– सामाजिक सञ्जालमार्फत आतंक फैलाएको आरोपमा काठमाडौंमा ७ जना गिरफ्तार ।
– गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक जनाको मृत्यु ।
– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटेको आरोपमा ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता ।
– एमालेबाट निर्वाचित घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाह पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित ।
– सरकारले अब नयाँ गाडी नकिन्ने, पुरानालाई विद्युतीयमा रुपान्तरण गर्ने ।
-एकीकृत निर्वाचनसम्बन्धी विधेयक तत्काल संसदमा पेस गर्न सरकारलाई संसदीय समितिको निर्देशन ।
– क्रान्तिकारी कम्युनिस्ट पार्टीका केही नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश ।
– नेपाल कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त ।
– एनआरएनएको दुई फरक महाधिवेशन घोषणाले चेपुवामा विदेशका ८७ शाखा ।
– थुनछेक बहस नसकिएपछि रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश , बिहिवार पुन जिल्ला अदालत चितवनमा पेस गरिने ।
– जसपा नेपालबाट केन्द्रीय विभागहरुको नेतृत्व चयन ।
– चैत ५ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरु सहमत ।
– सुर्तीजन्य पदार्थको शतप्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत ।
– कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित घान्द्रुकमा पर्यटन महोत्सव गर्ने ।
– सरकारले ल्याएका ६ अध्यादेशमा जसपा नेपालले आलोचनात्मक साथ दिने तयारी ।
– झापाको शिवसताक्षी नगरपालिकामा जबर्जस्ती करणी र पितृत्वसँग जोडिएको एक गम्भीर सामाजिक घटनालाई ‘अमलाकाण्ड’ भनेर अतिरञ्जित गर्ने ३८ युट्युब च्यानल कारबाहीमा ।
– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको महाधिवेशन चैतमा हुने ।
– तयार भयो खुम्बु जोड्ने पुल ।
– सरकारी कामकाज समयमै नसकाउने कर्मचारीविरुद्ध गुनासो टिपाउन प्रधानमन्त्री कार्यालयको अपील ।
– आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौंमा हिमवत् खण्ड कला–साहित्य–संस्कृतिक सम्मेलन हुने ।
– गोरखामा दुई वटा चितुवा मृत फेला ।
– फ्रेन्ड्स क्लब डडेल्धुरा र डीसीए धनगढी कैलालीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनमा ।
– चर्च ब्वाइज युनाइटेड २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा ।
– एपीएफ क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लब २४औँ आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा ।
– दशौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ७ सय ७८ खेलाडी सहभागी हुने ।
-बारामा ९ किलो गाँजासहित २ महिला र १ पुरुष पक्राउ ।
– लहानमा सुनचाँदी पसल ‘लुट्ने प्लान’ बनाईरहेका चार जना पक्राउ ।
– प्रहरी नियन्त्रणमा रहेका पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेन९नानी०सहित तीन जना रिहा ।
– जसपा नेपालको अध्यादेश अध्ययन कार्यदलले आज बिहीबार पार्टीलाई प्रतिवेदन बुझाउने ।
– अध्यादेशहरूबारे कार्यविधि तयार, प्रमुख सचेतकहरूसँग परामर्श ।
– अछाम र सर्लाहीको जातीय विभेदप्रति कांग्रेसद्वारा विरोध, कारबाहीको माग ।
– चलचित्र ञहन्टरझ को क्यारेक्टर्स लुक्स सार्वजनिक ।
– दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागंज’को टिजर सार्वजनिक ।
– चितवनमा सुरक्षाकर्मीहरु बाट जंगली हात्तीमाथि आत्मरक्षाका लागि गोली प्रहार , हात्तीको मृत्यु ।
– स्वर्गद्वारी गुठीका मोही किसानले काठमाडौंमा थाल ठटाएर बिरोध प्रदर्शन ।
– बेलायतका राजकुमारले गरे भक्तपुर दरबारको अवलोकन ।
– रविलाई सङ्गठित अपराधमा उन्मुक्ति दिने सरकारी वकिल छानबिनमा तानिए ।
– निर्वाचन आयोगले राजनीति दलहरूको व्यापक सुधारमा केन्द्रित रहेर कानुन निर्माणको मस्यौदालाई अघि बढायो ।
– भ्रष्टाचार रोक्न कांग्रेसको जनप्रतिनिधि निर्देशिका , लाभको पदमा परिवारका सदस्यलाई नियुक्त नगर्न निर्देश ।
– मानव बेचबिखन र ठगीको आरोपमा अछामका कांग्रेस क्षेत्रीय सभापति काठमाडौंबाट पक्राउ ।
– अध्यादेश फेल गराउन विपक्षी दलहरूको भरमग्दुर कसरत ।
– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलबाट क्यान्सर रोगीलाई दिईने किमो निःशुल्क गर्ने घोषणा ।
– सुनकोशीले तहसनहस बनाएको मुल्कोटको रिसोर्ट पुनः संचालनमा आउँदै ।
– अब ओमानस्थित दूतावासबाटै श्रम स्वीकृति पाइने ।
– धनगढीमा पाँचतारे होटल बनाउँदै सिद्धार्थ ग्रुप ।
– अब काठमाडौंका ३६ ठाउँमा यात्रु आफैंले ट्राफिक लाइट बालेर सडक ‘क्रस’ गर्न सक्ने ।
-गुणस्तरहीन पाइएपछि तीन कम्पनीको औषधि बिक्रीमा रोक ।
– चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिने ।
– महान्यायाधिवक्ताको निर्णय अनुसार बाँसबारीको जग्गा सरकारको नाममा आइसकेकाले मुद्दा चलाउन मिलेन ।
– प्रियंकाको ‘ममी’ १६ वर्ष पूरा भएका दर्शकले मात्र हेर्न पाउने ।
– दिब्या रायमाझीले आगामी फिल्म ‘मायाप्रीति’ मा काम गर्ने ।
– चलचित्र अध्ययन गर्न चाहने विद्यार्थीलाई विकास बोर्डद्वारा छात्रवृत्ति प्रदान ।
– त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित ।
– च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने ।
– राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कार्यकारी समितिबाट अदालतको आदेश तथा राखेपको स्विकृत बिना ओलम्पिक

– ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको वर्तमान कार्यसमितिलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० बाट तत्काल मान्यता दिन अस्वीकार ।

स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु
दुर्घटनाबाट जोगाउन बसलाई टेको
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका वडा नं ४ कृष्णमन्दिर नजिकैको सडकमा गुडिरहेको यात्रुवाहक बसलाई दुर्घटना हुनबाट जोगाउन लगाइएको टेको ।
तस्बिर : यज्ञराज आङदेम्बे / रासस

प्रतिक्रिया