शुक्रबार, चैत ७, २०८१

नेपालको राजनीति विराशतकै वरिपरी

ओम आचार्य २०८१ माघ २४ गते ९:४७

नेपालको राजनीतिमा देखिएका प्रमुख यि दुृइ दल नेपाली काग्रेस , नेकपा एमाले मुख्यतया देशको भविस्य कोर्नमा देशको भविस्य वनाउन र देशमा राजनीतिक स्थिरता दिन चिन्तित देखिन्दैन ! अहिले यि दुइ दलले दीर्घकालिन रणनीति वनाएर विकास र समृध्दीको रोडम्याप वनाउनु पर्ने हो ! जनताको दैनिकी सरोकार विसयमामा , रोजगारको विसयमा, उधोग कलकारखाना, पर्यटन र कृर्षी कृर्षीमा आवध्द किसानहरुकोलागी नीति योजना तर्जुमा गरेर सहि दिशामा राष्ट्रलाईलाइ डोर्याउनु पर्ने हो ! त्यस्तो अहिले कुनै पनि दलमा देखिन्दैन !

Advertisement

अहिले एमाले र काग्रेस आफ्नै दलको राजनीतिको दल दल भित्र अलमल्लिरहेको छ ! आफु कसरी स्थापित हुने, कसरी सक्तिशाली हुनै र सधै पावरमा कसरी रहिरहने यही चिन्तामा दलका प्रमुखहरु चिन्तित रहेका छन ! राष्ट्रलाइ कसरी सक्तिशालि वनाउने आर्थिक रुपमा राजनीतिक रुपमा त्यो चिन्ता देखिन्दैनन ! अझ यस्मा एमाले ‌र काग्रेस भित्र त त्यो भाव अत्यधिक भएर दल भित्र विकृति समेत आइ सकेको छ ! दल भित्रको सक्ती संघर्षले नेपालको राष्ट्रिय राजनीति अत्यन्तै प्रभावित भइरहेको छ१त्यो प्रभाव सृर्जनात्मक हैन ध्वांसात्मकता तिर बडेको छ !

विरासतको राजनीतिमा दल

दक्षिण एसियामा सामान्यतया विरासतको राजनीति कुनै न कुनै प्रकारले प्रभावित भइरहेको छ ! नेपाल यसबाट अछुत छैन ! सामान्यतया परिवारको वंशावादको प्रभाव राजनीतिमा देखिन थालेको छ ! विराशत कै शाखले कति परिवारले जीवन निर्वाह गरेका छन ! त्यही विराशतकै कारण कति परिवारको इज्जत मान सम्मान अध्यावधी रहेको देखिन्छ ! अहिले पछिल्लो समय दल भित्र यही विराशतको राजनीतिको खेलले प्रश्रय पाइरहेको छ ! यही कारणबाट राजनीति दुसित र प्रदुशित भइरहेको छ ! र यहीबाट राजनीतिमा गुट उप गुट निर्माण भइ रहेको छ !

विराशतको राजनीतिमा एमाले

एमाले भित्र पुस्पलाल ,मनमोहन अधिकारीको विराशत सम्हाल्ने उत्तराधिकारी एमाले भित्रकै राजनीतिमा देखिएको छैन ! मदन भण्डारी को राजनीतिको विराशत सम्हाल्ने वाहाकै धर्मपत्नी पुर्व राष्ट्रपति विधा भण्डारी हुनुहुन्छ ! वर्तमान प्रधानमन्त्री के पी ओली को राजनीति विराशतलाइ अगाडी बडाउने परिवार भित्र कोही छैनन ! अहिले के पी ओली र पुर्व राष्ट्रपती विधा भण्डारी विच यही सक्ती संघर्ष चलिरहेको छ ! बिधा भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा ले एमाले भित्र के पी ओली झस्केका र तर्सेका छन भने विधा भण्डारिको सक्रिय राजनीतिमा आउने चर्चाले एमाले भित्र मात्र हैन अन्य वामसक्तीहरु पनि एकै ठाउमा आउन सक्ने चर्चाले पनि के पी ओलीको एमाले भित्रअरु छटपट्टी बढ्दै गएको छ ! यो राजनीति चर्चा र परिचर्चाले एमाले भित्र मात्र हैन वर्तमान काग्रेस र एमालेको गठवन्धन समेत प्रभावित हुने खतरा छ१एमाले भित्र विराशतको राजनीति सम्हाल्ने एक मात्र पात्र अहिले विध्या भण्डारी हुनुहुन्छ र भविस्यमा वहाकै काधमा एमालेको नेतृत्व आउन सक्ने सम्भावना छ ?

विराशतको राजनीतिमा काग्रेस

नेपालि काग्रेसको इतिहास हेर्ने हो भने विराशतकै राजनीतिले अगाडि बढेको छ ! पंचायत काल देखी गणतन्त्रसम्म आइपुग्दा काग्रेसले विराशतकै राजनीतिको वरिपरी रहेर महत्वपुर्ण क्रान्ती आन्दोलन र निर्णय गर्दै मुलुकको मुहार फेरेको छ ! त्यो विराशतको नेतृत्व कोइराला परिवारबाट हुदै आएको थियो ! अव अहिले गणतन्त्र पछी विस्तारै कोइरालाको विराशतबाट काग्रेस ओझलमा पर्दै गयो ! कोईरालाको विराशतमा नरहेको काग्रेस अहिले आफ्नो नीति ,सिध्दान्त ,विचार र पध्दतीबाट विमुख हुदै गएको कुरा काग्रेस भित्रै उठ्दै आएको छ ! काग्रेस भित्र विराशतको राजनीति गर्दै आफुलाइ नेतृत्वदायी भुमिकामा उभ्याउन र उपस्थित गराउन केही नेताहरु काग्रेस भित्र लविंग गरिरहेका छन !

कोइराला विराशत

कोइराला विराशत बोकेर नेतृत्वदायी भुमिकाको लागी सक्रिय भइरहेका डा. शेखर कोइराला ,डा. शशांक कोइराला र सुजता कोइराला देखिए पनि अहिले डा. शेखर र शशांक प्रमुृख रुपमा छन ! डा. शेखर संस्थापन इतर समुहको नेतृत्व गर्दै छन भने डा. शशांक संस्थापनकै सहयोगमा आफुलाइ प्रस्तुत गर्न चाहान्छन ! जतिखेर देखी काग्रेस कोइराला परिवार विराशतबाट छायाँमा पर्यो ओझलमा पर्यो त्यतिखेर देखी नै काग्रेस भित्र विचलन आयो ! नीति सिध्दान्त विचार र पध्दती हराउदै गयो ! विधान कागजको खोष्टोमा परिणत हुदै गयो ! यो कुराको काग्रेस भित्रैबाट विरोध हुन थाल्यो ! काग्रेसको केन्द्रिय समीतिका पदाधिकारी देखी प्रतिनिधी सभा सदस्य एवं जील्ला सभापति लगायत तल्लो तह सम्मका सदस्यहरुवाट विरोध हुन थाल्यो ! त्यसैको परिणती हो ।

काग्रेस भित्र पुस्तान्तरण र रुपान्तरणको कुरा ! विधी र प्रकृयाको कुरा ! डा. शेखर संस्थापन इतरको नेतृत्व गर्दै यिनै कुराहरु उठाउदै छन र काग्रेसलाइ दुरुस्त र चुस्त बनाउने प्रण गर्दै गुमेको विराशत काग्रेसमा ल्याउन चाहान्छन भने डा. शशांक सस्थापनको साहारामा विराशतको राजनीति गर्दै कोइरालाकै विराशतमा फर्काएर काग्रेसलाइ पुर्व अवस्था पुर्याउने भन्दै नेतृत्वमा आउन चान्छन !

देउवाको विराशत

वर्तमान सभाति शेर बाहादुर देउवा पनि आफ्ने विराशतको राजनीतिलाइ धर्मपत्नी आरजु राणा मार्फत जिवित राख्दै सधै पावरमा रहन चाहान्छन ! तर सभापतीलाइ देउवा विराशतलाइ अगाडी वडाउन अहिले कित डा. शेखर कित डा. शशांक वलियो आधार हुन सक्छ ! तर उनले दिगो र भरपर्दो पात्र को हुन सक्छ निधो गर्न बाकी नै छ ! चौधों महाअधिवेशनमा आफ्नो प्रतिद्वन्दी रहि सकेका डा. शेखरले तत्कालिन समयमा प्रकाश मान सिंह , विमलेन्द्र निधी , शशांक , सुजता , रामचन्द्र पोडेल कृष्ण सिटौला लगायतका हस्तिहरुको विरुध्दका बाबजुद उनले ल्याएको मत र अहिले सभापति शेर बाहादुर देउवाले सभापतिमा दोहरिन नपाउने कारणबाट देउवालाइ आफ्नो विराशतलाइ जीवित राख्न गहिरो सोचमा पार्न सक्छ !

अरु केही विराशत

काग्रेस भित्र गणेशमान सिंहको विराशत प्रकाशमान सिंहले अगाडी बडाएका छन ! महेन्द्रनारायण निधीको विराशतलाइ विमलेन्द्र निधीले अगाडी बडाएका छन ! प्रकाश मान सिंह र विमलेन्द्र निधीले चौंधो महाअधिवेशन आफुलाइ सभापतिको उम्मेदवारीमा प्रस्तुत गरे पनि पछी गएर वर्तमान सभापती शेर बाहादुर देउवालाइ समर्थन गरेका थिए ! यि दुबै अहिले शेर बादुर देउवा प्रति आशाबादी छन र यही आश र भरोसाबाट आफ्ने राजनीतिक विराशतलाइ नेतृत्वदायी भुमिकामा पुर्याउन चाहान्छन !

अहिले यस्तो छ

डा. शेखर र शशांक दुवै सभापतिका लागी दावेदार हुन ! अनि गगन थापा , प्रकाशमान सिंह ,कृष्ण सिटौला विमलेन्द्र निधी पनि चर्चामा छन अरु पनि नामहरु सभापतिका दावेदारकारुपमा आउन सक्छन ! डा. शेखर बाहेक अरु सबै नामहरु देउवाको सहयोगका लागी इच्छुक छन ! र यि सबै संस्थापनबाटउम्मेदवार हुने छन ! शशांक बाहेक अन्यलाइ समाउदा देउवासंग लामो सहकार्य गरेका केही नेताहरुको साथ नरहने चिन्ता पनि देउवामा परेको छ ! यही कारणबाट संस्थापन भित्र कोइराला विराशत बोकेका डा. शशांक नै सस्थापनको सर्वमान्य उम्मेदवार हुने अनुमान र सम्भाव्यताका कारण देउवाको छनौटमा उ आउन सक्छन या पर्न सक्छन ! यदी यस्तो भएमा दुइ दाजु भाइको सक्ति संघर्ष हुनेछ ‌! यस्तो अवस्थामा सभापतिकालागी निक्कै मेहनत र परिश्रम गरिरहेका डा. शेखरलाइ निक्कै भारी हुन सक्छ !

प्रतिक्रिया