आइतबार, वैशाख ३०, २०८१

कविता : पिण्डका सन्तान

बसन्त बस्नेत २०८० भदौ २८ गते ८:४०

तिमीले जन्माएको सन्तान,
र तिमीमा उमेरको मात्र फरक छ,
तिम्रो सन्तानको रूपरेखा,
या आनीबानी,
तिमीसँग मिल्दा,
तिमी जुन प्रकारले हर्षित हुन्छौ,
तिमी लाई थाहा छैन कि,
तिमीले सन्तान हैन,
मासुको पिण्ड जन्माएको भन्ने,
र त्यो पिण्डले समाज त्येतिनै बुझ्न सक्छ,
चेतना त्येतिनै उचाइमा लग्न सक्छ,
जति तिमीले लग्न सक्यौँ,
बस् यो पिण्डले यति नै गर्न सक्छ,
कि तिमिलाई आफू जस्तै नातिनातिना दिन सक्छ ।

प्रतिक्रिया