शुक्रबार, चैत ७, २०८१

भारतीय दूतावासको सहयोगमा विद्यालय भवन बनाइने

नेपालखोज २०८१ माघ २४ गते ९:५२

कञ्चनपुर । वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ ।

Advertisement

भवन बनाउन दूतावासले चार करोड ९९ लाख ९८ हजार ६४० प्रदान गर्ने वेदकोट नगरप्रमुख भोजराज बोहराले बताए । ‘दूतावासमा उदयदेव र शारदा माध्यमिक विद्यालय भवन निर्माणका लागि प्रस्ताव पेस गरेका थियौ’, उनले भने, ‘उदयदेवको भवन निर्माणका लागि प्रस्ताव स्वीकृत भएको छ ।’ विद्यालय भवन निर्माणको दश प्रतिशत लागत पालिको बेहोर्ने उनले बताए ।

प्रतिक्रिया