बुधबार, वैशाख १७, २०८२

साहारा सहकारी ठगी प्रकरण : रविविरुद्धको मुद्दामा बहस गर्न तीन जिल्लाका सरकारी वकिल झिकाइए

नेपालखोज २०८१ माघ २४ गते १२:५२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न तीन जिल्लाका सरकारी वकिल झिकाइएको छ ।

साहारा सहकारी ठगी मुद्दामा चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका सभापति रविको विपक्षमा बहस गर्न छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको छ ।

चितवन आएका तीनै जना सरकारी वकिलले साहारा बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा चितवन अदालतमा परेको लामिछाने विरुद्दको मुद्दामा बहस थालेका छन् ।

चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए ।

प्रतिक्रिया