संविधान कार्यान्वयनका लागि आवश्यक विधेयक संसदमा पेश गर्न सरकारलाई कांग्रेसले आग्रह
नेपालखोज
२०८१ माघ २४ गते १३:२२

काठमाडाैं । संविधान कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्ब संसदमा पेश गर्न नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको कांग्रेस संसदीय दल बैठकले संघीय व्यवस्थालाई सुदृढ पार्न धेरै कानून बनाउन बाँकी रहेको अवस्थामा संविधान कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्व संसदमा पेश गर्न सरकारलाई आग्रह गरेकाे हाे ।
बैठकले संसदमा विचाराधीन रहेका विधेयक आउदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएकोप्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
त्यस्तै आर्थिक तथा व्यवसायीक वातावरण सुधार तथा लगानी अभिवृद्धि, सुशासन प्रवद्र्धन लगाएत सम्बन्धी अध्यादेशलाई समर्थन गर्ने निर्णय गरिएको प्रमुख सचेतक घिमिरेले बताए ।
सम्बन्धित
प्रतिक्रिया