सूर्य नेपालद्धारा नेपालमै उत्पादित सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज सार्वजनिक

काठमाडौं । सूर्य नेपालले नेपालमै उत्पादित सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज सार्वजनिक गरेको छ ।
नेपालको निजी क्षेत्रको अग्रणी व्यावसायिक संस्था सूर्य नेपालले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफुलाई बिस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको नेपालमै उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । यसैक्रममा एक कदम अघि बढ्दै सूर्य नेपालले अब नेपालमै सनफिस्ट डार्क फेन्टासी मोका फिल्सको पनि उत्पादन गर्न थालेको छ ।
सूर्य नेपालले सदैव देशको प्रतिष्ठालाई समेत ध्यानमा राख्दै, अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन बजारमा ल्याइरहेको छ । यस क्रममा उच्चकोटीका सामग्रीमा कफि र चकलेटको समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी मोका फिल्सले कफिका पारखीको मन जित्ने विश्वास कम्पनीले लिएको छ । सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा प्रतिभाशाली अभिनेत्री शिल्पा मास्केलाई नै निरन्तरता दिईएको छ ।
सनफिस्ट डार्क फेन्टासी मोका फिल्स अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरुमा उपलब्ध छ । अब उपभोक्तावर्गले यसको उपभोग गर्दै खाजाको अनुभवमा नयाँपनको आभास गर्न सक्नेछन् । यसको ७५ ग्रामको आकर्षक प्याकेट भित्र ६ वटा भिन्दाभिन्दै पाउच हुन्छन् र यसको मूल्य ९० रूपैयाँ रहेको छ ।
प्रतिक्रिया